Logo
|
Thursday 28th March 2024
Logo

epaper

थप १०४३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा थप १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा ८९१ जना संक्रमणमुक्त भएका छन भने १२ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्