Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

भ्रष्टाचार कसुर प्रमाणित भएपछि फार्मेसी अधिकृत सरकारी सेवाबाट बर्खास्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरेको छ। भ्रष्टाचारमा कसुर प्रमाणित भएपछि उनलाई सरकारी सेवाबाट बर्खास्त गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गर्दै फार्मेसी अधिकृत अधिकारीलाई भ्रष्टचार गरेको कसुरमा भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको जनाएको हो ।

लोक सेवा आयोगको उजुरी तथा विभागीय सयजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सातौं तहका फार्मेसी अधिकृत अधिकारीले २०७१ सालमा भ्रष्टाचार गरेको फेला परेको थिए ।

प्रतिक्रिया दिनुहोस्