Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा नियुक्त, राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद विरोध खतिवडा नियुक्त हुनुभएको छ ।

उहाँलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त गरिएको छ । खापुङ पनि एकीकृत समाजवादी) पार्टीकै नेता हुन् ।

स्वास्थ्यमा समाजवादीका मन्त्री र राज्यमन्त्री नियुक्त भएसँगै स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ। आज नियुक्त भएका अन्य मन्त्रीले केहीबेरमा शपथ लिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषदले पूर्णता पाएको हो ।

प्रतिक्रिया दिनुहोस्