Logo
|
Thursday 28th March 2024
Logo

epaper

१,०९६ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १,०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार १ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ४ जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६ हजार ५१७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ भने ७ लाख ८३ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ जना रहेका छन् । जसमध्ये १० हजार ८६६ जना होम आइसोलेसनमा रहेका छन् भने ९४९जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २६७ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्