Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीन सरकारले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री नारायण खड्का सँग गरेको टेलिफोन संवादका क्रममा नेपाललाई थप २० लाख मात्रा खोप दिने घोषणा गर्नुभएको हो ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीच मंगलबार झण्डै एक घण्टा टेलिफोनमा कुराकानी भएको थियो ।

सो अवसरमा दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।


कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमासमेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

साथै दुई विदेशमन्त्रबीच साझा स्वार्थका सम्बन्धमा नजिकबाट समान धारणा बनाएर दुई देशबीचको परम्परागत लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुईपक्षीय समन्वय र सहकार्यलाई महत्व दिनेबारे कुराकानी भएको छ । सो क्रममा विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तोसमेत दिनुभएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्