Logo
|
Thursday 28th March 2024
Logo

epaper

देशभर ६६२ जनामा संक्रमण, १३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६२ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाबाट पीसीआर परीक्षणबाट ५३५ र एन्टिजेन परीक्षणबाट १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जना कोरोनामुक्त भएका छन् । सोही अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

हालसम्म पीसीआर परीक्षणबाट ८ लाख ७ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९३ हजार ६९७ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमित ११ हजार ५७९ जना छन् । जसमा १० हजार ७७३ होम आइसोलेसनमा र ८०७ जना संस्थागत आइसोलेसनमा छन् । यस मध्ये २७६ जना आइसीयू र १०४ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया दिनुहोस्