Logo
|
Thursday 18th April 2024
Logo

epaper

कोरोना संक्रमणको जोखिम अझै एक वर्ष लम्बिने डब्लुएचओको निष्कर्ष



जनस्वास्थ्य सरोकार । विश्वमा कोरोना भाइरसको संक्रमणको जोखिम अझै एक वर्षसम्म रहन सक्ने निष्कर्ष विश्व स्वास्थ्य संगठनको छ ।

अझै पनि कम आय भएका गरिब मुलुकहरुमा कोभिड-१९ विरुद्ध बनेका खोपहरु आवश्यक मात्रामा उपलब्ध हुन नसकेकाले संक्रमणको जोखिम अझै कायमै रहने निष्कर्ष विश्व स्वास्थ्य संगठनले निकालेको हो ।

विश्व स्वास्थ्य संगठनका वरिष्ठ नेता डा. ब्रुस आलवार्डले सन्-२०२२ सम्म कोभिडको संकट सहजै लम्बिने बताउनु भएको छ ।

अफ्रिकाको ५ प्रतिशत जनसंख्याले मात्रै कोरोना विरुद्धको खोप लगाएका छन् । विश्वका अन्य मुलुकले भने झण्डै ४० प्रतिशत जनसंख्यामा खोप लगाइएको अवस्था छ । खोपको असमान पहुँचका कारण पनि संक्रमणको जोखिम बढाएको डब्लु.एच.ओको भनाई छ ।

बेलायतले खोपको आवश्यकता रहेका देशहरुलाई १ करोड खोप उपलब्ध गराएको छ । आवश्यकताको आधारमा हेर्ने हो भने तत्काल १ अर्व खोप आवश्यक रहेको छ ।

विकसित मुलुकमा खोप नलगाएका कारण संक्रमणको जोखिम बढेको छ भने कम आय भएका मुलुकमा खोप नै नगुगेका कारण जोखिम कायम छ ।

रुसमा संक्रमण र मृत्युदर बढेकाले अक्टबर ३० देखि एक साता विदा दिने घोषणा गरिएको छ । बेलायत, आयरल्याण्ड लगायतका मुलुकमा कोभिड नियन्त्रणका लागि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्