Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपालमा हालसम्म कतिले लगाए कोरोनाविरुद्धको खोप



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणदर घट्दै गइरहेको छ । चिकित्सकहरुले कोरोनाविरुद्धको खोपकै कारण पनि संक्रमणदर घट्दै गईरहेको बताइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ मध्ये खोपको पहिलो मात्रा २८ दशमलव ३ प्रतिशत र २१ दशमलव ७ प्रतिशतले खोपको पुर्ण मात्रामा खोप लगाएका छन् ।

त्यस्तै, १८ वर्ष वा सो भन्दा माथिका लक्षित जनसंख्यामध्ये १ करोड ९९ लाख २२ हजार १६४ जनाले खोप लगाएका छन् , तीमध्ये ४३ दशमलव २ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने ३३ दशमलव १ प्रतिशतले खोपको पुर्णमात्रा लगाएका छन् ।

मन्त्रालयको अनुसार १५ वा सो भन्दा माथिका उमेर समुहकाले हालसम्म ३९ दशमलव ६ प्रतिशतले खोपको पहिलो मात्रा र ३० दशमलव ३ प्रतिशतले खोपको पुर्णमात्रा लगाएका छन् ।

खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल १ करोड ५२ लाख ३ हजार ५८३ जनाले खोप लगाएका छन् । कम्तीमा खोपको पहिलो मात्रा ८६ लाख ५ हजार ५५ जनाले लगाएका छन् । त्यस्तै, खोपको पहिलो मात्रा ६५ लाख ९८ हजार ५३० जनाले लगाएको मन्त्रालयले जनाएका छन् । नेपालले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, जापानी एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका खोप खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्