Logo
|
Friday 19th April 2024
Logo

epaper

किन हुन्छ मस्तिष्कघात ? यि हुन लक्षण



सामान्यतया मस्तिष्कघात भन्नाले मस्तिष्कमा आघात पुग्नुलाई नै हो । मस्तिष्कघात प्रायःजसो एक्कासि हुन्छ । यो दुई किसिमका हुन्छ ।
हेमोरेजिक स्ट्रोक जुन मस्तिष्कको रगतको नली फुटेर ब्रेनमा रगत पुग्दैन, जसले गर्दा मस्तिष्कघात हुन्छ । रगतको नशा कतै ब्लक भएर हुने आघात जले गर्दा रगतको मात्रा पुग्दैन भने त्यो इस्केमिक स्ट्रोक हो ।

किन हुन्छ मस्तिष्कघात ?

पक्षघात हुने कारण थुप्रै हुन्छन । उच्च रक्तचाप बढ्नाले मस्तिष्कमा आघात पुग्छ, जसले गर्दा मस्तिष्कघात हुने सम्भावना हुन्छ । मुटु रोग हुनाले पनि हुन्छ ,मधुमेह भएमा, धूमपान सेवन गनाले मोटापन हुनाले खानपिन र जीवनशैलीको कारणले पनि मस्तिष्क घात हुने सम्भावना बढी हुन्छ ।

लक्षण

– रिंगटा लाग्नु

– मुख बाङ्गिनु

– हातखुट्टा नचल्नु

– एक्कासि एउटा हात लुलो हुनु

– बोली लरबराउनु वा स्वरै गुम्नु

– दृष्टिमा अचानक समस्या उब्जिनु

– कुरा बुझ्न अप्ठयारो हुनु

सुझाव

यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल पुर्याउनु पर्छ । यदि ३ घण्टा भित्र अस्पतालमा पुर्याउन सकियो भने अस्पतालले टिपीए नामक औषधि दिन्छ जस्ले गर्दा यो समस्या समाधान हुने सम्भावना बढी हुन्छ । यदि समयमा पुग्न सकिएन रगतको नशा फुटेको छ हेमोरेजिक स्ट्रोक छ भने त्यो औषधि चलाउन पाइँदैन यस्तो अवस्थामा एमआरआइ, सिटीस्क्यान गर्दै नशा फुटेको देखियो भने अप्रेशन गरेर रगत झिक्नु पर्छ र औषधिहरु मिलाउनु पर्छ ।

मतिष्कघात भएका मानिसले पहिलेकै अवस्थामा आउन कति समय लाग्छ ?

विशेषगरी मस्तिष्क घातमा हातखुट्टा चलेन मुख बाङ्गियो,बोली आएन जुन उमेर बढदै गएपछि नशा परिपक्क हुन्छ । नयाँ नशा आउँदैन र नशाको काम मोडिफाइ हुन्छ । तर मस्तिष्कघात भएको मानिस पहिलाको अवस्थामा आउन भने सक्दैन । केहि मात्रामा सुधार चाहि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्