Logo
|
Wednesday 24th April 2024
Logo

epaper

थप ५४९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने ५६९ जना निको भएका छन् ।

नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ३८८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर रहेका संक्रमितमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७७२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्