Logo
|
Thursday 18th April 2024
Logo

epaper

निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार



जनस्वास्थ्य सरोकार, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ ।

तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले जनता माध्यमिक विद्यालयमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएकामध्ये ३०० सयमा मोतियाविन्द भेटिएको युवाअभियानकर्मी कौशलकुमार यादवले जनाकारी दिनुभयो ।


उहाँका अनुसार निःशुल्क आँखा शिविरका साथै त्यहाँ आयोजना गरिएको कान शिविरबाट २०० को समेत उपचार गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लहानका वरिष्ठ चिकित्सकले उक्त आँखा र कानको जाँच गरेका थिए । यसैबीच निःशुल्क आँखा शिविरमा फेला परेका मोतिया विन्द भएकालाई निःशुल्क शल्यक्रियासमेत गरिने आयोजनक संस्थाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्