Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रा.डा. गोपाल रमण शर्माद्धारा नेपाल न्युरोसर्जन समाजलाई १४ लाख हस्तान्तरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ न्युरो सर्जन प्रा.डा. गोपाल रमण शर्माले नेपाल न्युरोसर्जन समाजलाई १४ लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।
प्रा.डा. शर्माले न्युरोसर्जन समाजका वर्तमान अध्यक्ष डा. कृष्ण शर्मालाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

उक्त रकमबाट वर्षेणी प्राप्त हुने व्याजबाट एक जना न्युरो सर्जनलाई ‘योङ्ग न्युरोसर्जन अवार्ड’ बाट सम्मान गरिने भएको छ ।


प्रत्येक वर्ष एक जना न्युरो सर्जनलाई पचास हजार नगद पुरस्कार सहित सम्मान गरिने न्युरोसर्जन समाजका महासचिव प्रा.डा. राजिव झाले जानकारी दिनुभयो ।


उहाँका अनुसार न्युरोभास्कुलर विधामा विशेष योगदान पुर्याउने चिकित्सकलाई ‘गोपाल रमण शर्मा न्युरोभास्कुलर ओरेसन’ अवार्डबाट पनि सम्मान गरिने भएको छ । सो सम्मान हरेक दुई वर्षमा गरिने छ ।

न्युरोभास्कुलर अवार्डमा सुन र चाँदी मिसिएको मेडल र सम्मान पत्र प्रदान गरिने प्रा. डा. झाले जानकारी दिनुभयो ।


यी दुवै पुरस्कार नेपाल न्युरोसर्जन समाज ( नेसन ) को राष्ट्रिय र अन्तराष्ट्रिय सम्मेलनमा प्रदान गरिनेछ । न्युरोसर्जनको छनोट र निर्णय नेसनका पदाधिकारीहरुबाट हुने छ।

प्रतिक्रिया दिनुहोस्