Logo
|
Thursday 28th March 2024
Logo

epaper

चीनबाट अनुदानमा आयो १६ लाख डोज सिनोफार्म खोप



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको सिनोफार्म खोपको १६ लाख मात्रा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

बुधबार नेपाल आइपुगेको उक्त खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई हस्तान्तरण गर्नुभएको हो ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै कोरोना विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने चिनियाँ घोषणा अनुरुप उक्त खोप नेपाल आएको हो ।

गत साउन १ मा प्रधानमन्त्री देउवासँगको भेटमा राजदूत यान्छीले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप उपलब्ध गराउने जानकारी दिनुभएको थियो ।

यसअघि १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको चीनले योसमेत जम्मा ३४ लाख डोज खोप नेपाललाई निःशुल्क दिएको हो ।

कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत चीनसँगै भने ५९ लाख डोज खरिद गरिएको स्वास्थ सचिव रोशन पोखरेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्