Logo
|
Saturday 20th April 2024
Logo

epaper

कञ्चनपुरबाट भारत जानेलाई एन्टिजेन परीक्षण



जनस्वास्थ्य सरोकार, कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर किनमेल, स्वास्थ्य उपचार तथा रोजगारीका लागि भारततर्फ जाने नेपालीहरूको एन्टिजेन परीक्षण सुरु गरिएको छ । भारतीय पक्षले यसै सातादेखि परीक्षण गर्न थालेको हो ।

चाडपर्वका समयमा किनमेलका लागि सीमावर्ती बजार जानेको सङ्ख्या बढेको थियो । यसैलाई मध्यनजर गरी एन्टिजेन परीक्षण सुरु गरिएको हो । रोजगारीका लागि जाने सबैको र किनमेलका लागि जानेमध्ये ज्वरो आएकाहरूको परीक्षण भइरहेको स्थानीयले बताए ।

तिहार अघिदेखि नाकामा भारततर्फ परीक्षण सुरु भएको हो । ब्रह्मदेव र बनबासामा स्वास्थ्यकर्मीहरूको टोलीले स्वास्थ्य परीक्षणपश्चात् एन्टिजेन परीक्षण गरिरहेका हुन ।

सीमावर्ती बजार बनबासा, खटीमा र टनकपुरमा ठूलो सङ्ख्यामा नेपालीहरू किनमेलका लागि जाने गरेका हुन ।भारतबाट घर फर्किने नेपालीहरूलाई नेपालतर्फ गत वर्षदेखि नै एन्टिजेन परीक्षण सुरु गरिएको छ । उनीहरूलाई नाकामै खोप लगाउने व्यवस्थासमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्