Logo
|
Friday 29th March 2024
Logo

epaper

रुसमा ३९ हजार भन्दा बढीमा संक्रमण, १७९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, मस्को । रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्। साथै यो अवधिमा यहाँ एक हजार १७९ जनाको ज्यान गएको छ। यो समेतगरी यहाँ करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ। 

त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ। यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २.८१ रहेको पनि समाचारमा जनाइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा संक्रमण देखिएको बताएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्