Logo
|
Saturday 20th April 2024
Logo

epaper

५३३ जनामा कोरोनाभाइरस संक्रमण, ४८४ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा ४८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९६ हजार ३०६ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्