Logo
|
Monday 29th November 2021
E-paper Magazine

थप ४१६ जनामा कोरोना संक्रमण, २७० निको, १ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ५५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ८ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २७० जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्