चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको फारम १४ पुस देखि खुल्ने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन फाराम खुला गरेको छ।
आयोगले एमइसिइइ बिएलका लागि पुस १४ देखि माघ २० गतेसम्म अनलाइन फारम भर्न सूचना जारी गरेको छ।