Logo
|
Thursday 25th April 2024
Logo

epaper

मेचीमहाकाली बुहारी संयुक्त आवाजद्धारा नवनिर्वाचित सभापति देउवालाई बधाई तथा शुभकामना



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेचीमहाकाली बुहारी संयुक्त आवाजले नेपाली काँग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेसनबाट दोस्रो पटक पार्टी सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री देवाउलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।


संस्थाले सफल कार्यकालको शुभकामना दिँदै आफ्नो उदेश्य र हाल संस्थाले गरिरहेका कार्यबारे प्रधानमन्त्रीलाई जानकारी गराएको संस्थाका सचिव रेखा थापाले जानकारी दिनुभयो । महिला तथा बालबालिकाको क्षेत्रमा विशेष पहल गर्न ध्यानाकर्षण गराएको उहाँको भनाई छ ।


संस्थाका बागमती प्रदेश कार्यक्रम तथा काठमाडौँ संयोजक अन्जिला श्रेष्ठ, सचिव रेखा थापा, उपाध्यक्ष कबिता श्रेष्ठ, कोषाध्यक्ष हिमा शेरचन, सदस्यहरु ईश्वरि श्रेष्ठ र लक्ष्मी बस्नेत लगायत टिम शुभकामना दिन प्रधानमन्त्री निवास पुगेका थिए ।


संस्थाले विगत २ बर्ष देखि महिला तथा बालबालिका हिंसा विरुद्धको आवाज उठाउदै आएको छ । संस्थाको केन्द्रिय कार्यलय झापा बिर्तामोडमा रहेको छ । संस्थाले काठमाडौँ सहित ४८ जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्