एकैदिन ३० लाख ७२ हजार डोज कोभिडविरुद्धको खोप नेपाल आउँदै

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा आज एकैदिन ३० लाख ७२ हजार डोज कोरोना भाइरस विरुद्धको खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार आज कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार डोज खोप आउन लागेको हो।
आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार भारतबाट १८ लाख ७० हजार ५०० डोज कोभिसिल्ड र चीनबाट १२ लाख १ हजार ८८७ डोज भेरोसेल खोप नेपाल आउने भएको हो।
कोभिसिल्ड कोभ्याक्स सुविधा अन्तर्गत र भेरोसेल खोप एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा खरिदको गरिएको हो ।