Logo
|
Friday 31st January 2025
Logo

epaper

कालीकोटमा निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविर



जनस्वास्थ्य सरोकार, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटको आयोजनामा फोइमहादेव गाउँमा शिविर सञ्चालन गरिएको हो।

दम, खोकी, ज्वरो, पिसाबसम्बन्धी समस्या, स्त्री रोग, पायल्स, नाक, कान, घाँटी, बाथ तथा बालरोगलगायत विभिन्न समस्याको उपचारका लागि शिविर सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताउनुभयो।

“हामीले विगतदेखि नै निःशुल्क स्वास्थ्यशिविर चलाउँदै आएका छौं, त्यहाँबाट ३२६ जनाले सेवा लिएका छन् ।”, उहाँले भन्नुभयो । सो अवसरमा विभिन्न रोगको उपचार तथा परामर्श सेवा प्रदान गरेको कार्यालय प्रमुख वीरेन्द्रकुमार केसीले जानकारी दिएनुभयो ।आयुर्वेद स्वास्थ्य केन्द्र कालकोटका डाक्टर नमराज बोहरासहितको टोलीले बिरामीको उपचार तथा परामर्श सेवा दिएका हुन्।

२९ वर्षदेखि ६० वर्ष उमेर समूहका बिरामीले सेवा लिएको प्रमुख केसीले जानकारी दिए। निःशुल्क उपचार पाउँदा नागरिक हर्षित भएको महादेव माध्यमिक विद्यालयका प्रधानाध्यपक नरदीप शाहीले बताउनुभयो। रासस

प्रतिक्रिया दिनुहोस्