Logo
|
Wednesday 26th January 2022
E-paper Magazine

बालबालिकामा देखिने हात, खुट्टा र मुखको रोग



हात, खुट्टा र मुखको रोग भाइरसले हुने हल्का किसिमको संक्रामक रोग हो । यस रोग लागेपछि बच्चाको मुख, घाँटी, हात र खुट्टामा डाबर आउने तथा दागहरु देखिने गर्दछ । यो रोग सामान्यतया Coxsackie Virus को कारणले हुने गर्दछ । यस रोगको कुनै विशेष उपचार छैन ।

लक्षण

यस रोग लाग्दा निम्न लक्षणहरु देखिन सक्छन्

  • ज्वरो आउनु
  • घाँटी दख्नु
  • अस्वस्थ महशुस हुनु
  • जिब्रो, गिँजा र गालाको भित्री भागमा पीडा हुनु
  • मुख भित्रको छाला, हत्केला, नितम्बमा नचिलाउने रातो दाग देखिनुु
  • शिशु र साना बच्चाहरुमा चिडचिडापन हुनु
  • भोक नलाग्नु

प्रारम्भिक संक्रमण भए देखि यस रोगको संकेत र लक्षणको सामान्य अवधि तीन देखि छ दिन सम्म हुन्छ । ज्वरो आउनु यस रोगको मख्य लक्षण हो । त्यसपछि घाँटी दुख्ने, र कहिलेकाहिँ भोक नलाग्ने तथा अस्वस्थ महशुस हुने जस्ता लक्षणहरु पनि देखा पर्दछन् । ज्वरो शुरु भएको एक वा दुइ दिन पछि मुख वा घाँटीमा घाउहरु देखा पर्न सक्छ । एक वा दुइ दिन पछि हात, खुट्टा तथा नितम्बमा दाग पनि देखिन सक्छ ।


डाक्टरलाई कहिले देखाउने


हात, खुट्टा र मुखको रोग एक सामान्य रोग हो । जसको कारण केही दिन मात्र ज्वरो आउने हुन्छ । अपेक्षकृत हल्का लक्षणहरु देखा पर्दछन् । यदि बच्चाले घाँटी वा मुख दुखेर झोल तथा तरल पदार्थ पिउन सक्दैन भने डाक्टरलाई सम्पर्क गर्नुपर्दछ । केहिदिन सम्म पनि बच्चालाई ठिक भएन र अवस्था झन बिग्रदै गएमा तुरुन्त अस्पताल लैजानुपर्दछ ।

रोग सर्ने माध्यम

  • नाक, स्राव वा घाँटी स्राव
  • र्याल
  • छालाको तरल पदार्थ
  • खोक्दा वा हाछ्युँ गर्दा हावामा निस्कने थुकको थोपाहरु
  • माथि उल्लेख कुनै पनि पदार्थहरु मुखबाट शरीरमा पसेमा केही दिनमा लक्षण देखिन सक्छ ।

जोखिम कारक

यस रोगले विशेषगरी १० वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई बढी असर गर्दछ । (प्राय ५वर्ष मुनिका बालबालिका ) । यो रोगको प्रकोप विशेषगरी बाल हेरचाह केन्द्रमा रहने बालबालिकाहरुमा बढी हुने गर्दछ । किनभने यो रोग व्यक्ति व्यक्ति बिचको सम्पर्कबाट फैलिने गर्दछ । साना बालबालिकाहरु सबैभन्दा बढी संबेदनशिल हुन्छन र उनीहरुलाई रोग छिटो सर्दछ ।

बच्चाहरुले सामान्यतया यस रोगको प्रतिरोधात्मक क्षमता बिकास गर्छन । किनभने उमेर बढ्दै जाँदा तिनीहरुले रोग निम्त्याउने भाइरसको सम्पर्कमा आएपछि एन्टिबडीहरु निर्माण गरेर जान्छन ।

बच्चालाई यो रोग लागेपछि पहिलो हप्तामा संक्रमण बढी देखिन्छ । रोगको लक्षणहरु हटिसकेपछि पनि भाइरस उसको शरीरमा हप्तौ सम्म रहन सक्छ । यसको मतलब के हो भने बच्चाले अझै पनि अरुलाई संक्रमित गराउने सम्भावना बढी हुन्छ ।

केही मानिसहरु विशेष गरी वयस्कहरुले यो रोगको कुनै पनि लक्षण वा लक्षणहरु नदेखाइ भाइरस जित्न सक्छ ।

संयुक्त राज्य अमेरिका र अन्य समशितोष्ण हावापानी तथा गर्मी र शरद ऋतुमा यस रोगको प्रकोप बढी हुन्छ । उष्णकटिबंधीय मौसममा यस रोगको प्रकोप वर्षभरी नै हुने गर्दछ ।

कठिनाइ

यस रोगले सबैभन्दा जटिलता भनेको शरीरमा पानीको मात्रा कम हुनु हो । यस रोगले मुख र घाँटीमा घाउ बनाउँछ । खाना निल्नलाई पीडादायी तथा गाह्रो बनाउँछ ।

बच्चालाई यो रोग लागिसकेपछि बारम्बार तरल पदार्थ प्रशस्त मात्रामा पिउनुपर्छ । यदि शरीरमा पानीको मात्रा रहेको (डिहाइड्रेसन) छ भने IV (Intravenous) बाट तरल पदार्थ दिनुपर्ने हुन्छ ।

यो एक सामान्य रोग हो । जसको कारण केही दिन मात्र ज्वरो आउने र अपेक्षकृत हल्का लक्षणहरु देखा पर्दछन् । कहिलेकाहीँ ऋयहकबहपष्भखष्चगक एक दुर्लभ र कहिलेकाहीँ गम्भिर रुपले मस्तिष्कलाई समावेश गर्न सक्छ र अरु जटिलताहरु निम्त्याउन सक्छ ।

भाइरल मेनिन्जाइटिस : यो एक दुर्लभ संक्रमक र मस्तिष्क तथा मेरुदण्डको वरिपरी झिल्ली – मेनिन्जाइटिस र सेरेब्रोस्पाइनल फ्लुइडको सुजन हो ।

इन्सेफलाइटिस : यो गम्भिर र सम्भावित जीवन खतरको भाइरसको कारण मस्तिष्कमा जलन हुन्छ । इन्सेफलाइटिस दुर्लभ छ ।

रोकथाम

निम्न साबधानीहरु अपनाएमा यस रोगको संक्रमणबाट जोगिन सकिन्छ:

हात राम्ररी धुने

विशेषगरी शौचालय प्रयोग गरिसकेपछि, डयपर परिवर्तन गरेपछि र खाना तयार गर्नुअघि साबुन पानीले आफ्नो हात राम्रोसँग धुनुपर्छ । साबुन र पानी उपलब्ध नभएको अवस्थामा कीटाणुमार्ने अल्कोहल वा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ ।

साझा क्षेत्रहरुलाई किटाणुरहित गर्ने

बढी ट्राफिक हुने क्षेत्रहरुमा पहिले साबुन र पानीले सफा गर्ने त्यसपछि क्लोरिन ब्लीच र पानीको पातलो घोलले सफा गर्ने । बाल हेरचाह केन्द्रहरुमा खेलौना जस्ता सबैले प्रयोग गर्ने वस्तुहरु सफ र कीटाणुरहित गर्ने । आफ्नो बच्चाको प्यासिफायर प्राय सफा गर्ने ।

बच्चालाई सरसफाइबारे सिकाउने

आफ्ना बच्चाहरुलाई कसरी स्वच्छ तथा सफा गर्ने र आफुलाई कसरी सफा राख्ने भनेर देखाउने । बच्चाहरुलाई आफ्नो औंलाहरु वा अन्य कुनैपनि बस्तुहरु मुखमा राख्न नदिने ।

संक्रमित व्यक्तिलाई अलग गर्ने

हात खुट्टा र मुख रोग अत्यधिक संक्रमक छ । यो रोग लागेका व्यक्तिहरुले लक्षण देखिदा सम्म अरुसँग टाढा रहनुपर्छ । हात खुट्टा र मुख रोग भएको बालबालिकालाई ज्वरो ठिक नभएसम्म र मुखको घाउ निको नभएसम्म बाल हेरचाह वा विद्यालयबाट टाढा राख्नु पर्दछ । यदि रोग छ भने घरमा नै बस्नुपर्छ ।

रोगको निदान

डाक्टरले तल दिएको बुँदाहरुको मुल्याङ्कन गरेर अन्य प्रकारका भाइरल संक्रमणहरुबाट हातखुट्टा र मुख रोग छुट्याउन सक्षम हुनेछन् ।

  • प्रभावित व्यक्तिको उमेर
  • लक्षण र लक्षणहरुको ढाँचा
  • दाग वा घाउको उपस्थिति

डाक्टरले घाँटीको स्वाव वा स्टूलको नमुना लिन सक्छ । र कुन भाइरले रोग निम्त्याएको हो भनेर पत्ता लगाउन प्रयोगशालामा पठाउन सक्छ ।

उपचार


हात, खुट्टा र मुख रोगको लागि कुनै विशेष उपचार छैन । यस रोगको लक्षण सामान्यतया सात देखि दश दिनमा स्पष्ट हुन्छ । एक एनेस्थेटिकले मुखको घाउको दुखाइ कम गर्न मद्धत गर्न सक्छ । सिटामोल र आइबुुप्रोफेन औषधिहरुले सामान्य दुखाइलाई कम गर्न मद्धत गर्दछ ।


जीवनशैली र घरेलु उपचार


केही खानेकुरा र पेय पदार्थहरुले जिब्रो, मुख र घाँटीका छालाहरुमा पोल्न सक्छ । छालको दुखाइलाई कम कष्टकर बनाउन तथा खान र पिउनलाई अझ सहनशिल र सहज बनाउन मद्धत गर्न यी सुझावहरु पालना गर्ने:

  • आइस पप वा आइस चिप्स चुस्नुहोस्
  • आइसिक्रिम वा शर्वत खानुहोस्
  • चिसो पेय पदार्थहरु जस्तै दुध वा बरफको पानी
  • अम्लीय खाना, फलफुल र पेय पदार्थहरु नखानुहोस्
  • नुनिलो वा मसलेदार खानेकुरा नखानुहोस्
  • धेरै चपाउनु नपर्ने नरम खानेकुरा खानुहोस्
  • खाना पछि तातो पानीले आफ्नो मुख कुल्ला गर्नुहोस्


बच्चालाई मनतातो नुन पानीले कुल्ला गर्दा आरामदायी हुन्छ । साही विधि बच्चालाई दिनमा धेरै पटक वा आवश्यकता अनुसार गर्न लगाउने । यसले मुख र घाँटीको दुखाई तथा सुजनलाई कम गर्न मद्धत गर्दछ ।

दुखाइ कम गर्न डाक्टरले प्राय निम्न कुरा सिफरिस गर्छन

  • आराम गर्ने
  • तरल पदार्थ पिउने : जुस सोडा जस्ता अम्लीय तरल पदार्थ भन्दा दूधमा आधारित तरल पदार्थहरु पिउन सजिलो हुन्छ ।
  • यदि आवश्यक भएमा एस्पिरिन बाहेक अन्य दुखाइ कम गर्ने औषधिहरु प्रयोग गर्ने । जस्तै एसिटामिनोफेन (टाइलेनोल, अन्य) वा आइबुप्रोफेन (एडभिल, मोट्रिन, अन्य) तर तिनीहरु कम ज्वारोका लागि आवश्यक छैन ।
  • दुखाइ कम गर्न माउथवास वा ओरल स्प्रे प्रयोग गर्ने ।

(डा भण्डारी नेपाल मेडिसिटी अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्