Logo
|
Thursday 25th April 2024
Logo

epaper

युवा कस्मेटिक सर्जन डा. अनिश गोर्खालीको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौं । युवा कस्मेटिक सर्जन डा. अनिश गोर्खालीको फोक्सोको क्यान्सरका कारण निधन भएको छ ।

एक सातादेखि उहाँको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको थियो । पछिल्लो समयमा डा. गोर्खालीमा निमोनिया देखिएको थियो ।

डा. गोर्खाली काठमाडौंको महाराजगञ्जस्थित एस्थेटिक्स वाई डा. गोर्खाली कस्मेटिक सर्जरी एण्ड डर्माटोलोजी सेन्टरमा कार्यरत हुनुहुन्थ्यो । डा. गोर्खालीको नावालक दुई छोरी र श्रीमति हुनुहुन्छ । स्वर्गीय डा. गोर्खालप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस्