Logo
|
Wednesday 1st May 2024
Logo

epaper

नेपालमा हालसम्म कतिले लगाए पूर्ण मात्रा खोप ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्म ९४ लाख ५० हजार जनाले पुर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म दुई करोड १२ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइसकेको छ।

तीमध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको संख्या ९४ लाख ५० हजार रहेको छ । गत वर्ष माघ महिनाको १४ गतेदेखी नेपालमा कोरोनाको खोप लगाउन थालिएको हो।

एक वर्षको अवधिमा नेपालमा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना खोप प्रयोग गरिएको छ। १८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान सुरु गरिएको छ।

नेपालमा हालसम्म तीन करोड ३२ लाख ९० हजार ३३० मात्रा खोप आइसकेको मन्त्रालयको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्