बत्तीसपुतलीमा निःशुल्क डायबिटिज, थायराइड र हर्मोन क्याम्प

जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा निःशुल्क डायबिटिज, थायराइड र हर्मोन क्याम्प शुरु भएको छ । सुगर, थायराइड, एन्डोक्राइनोलोजी एण्ड मल्टीस्पेशियालिटी सेन्टरले शुरु गरेको सो निःशुल्क क्याम्प आगामी पुष २२ गतेसम्म सञ्चालन हुनेछ ।
ओपिडी कन्सल्टेसन, डायटिसियन कन्सल्टेसन निःशुल्क गरिएको छ । ल्याबलगायतका डायग्नोस्टिक सेवामा २५ प्रतिशत, इसिजी, इन्डोस्कोपी, इको, डिजिटल एक्सरेमा १० प्रतिशत छुटको व्यवस्था छ ।

१० दिनसम्म पुग्ने औषधि निःशुल्क उपलब्ध गराइनेछ । डायविटिज, थायराइड, हर्मोन स्पेशलिष्ट फिजिसियन डा. बजरङ कुमार रौनियारले डायबिटिजले आँखा, मिर्गौला, मुटु, गोडामा प्रभाव पार्ने भएकाले बेलैमा समस्या पहिचान गरेर उपचार गर्न आग्रह गर्नुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वका करिब ८ देखि १० प्रतिशत व्यक्तिलाई मधुमेह हुने गरेको छ । हाम्रो देशमा पनि ठ्याक्कै नेशनल डाटा नभएपनि सोही अनुपातमा डायबिटिजको समस्या भएका व्यक्ति रहेका छन् । डायविटिज एसियन देशहरुमा अलि बढी छ । भारत र वंगलादेशमा डाविटिजका बिरामीहरु धेरै रहेका छन् ।

‘हाम्रो देशमा जनचेतानाको अभाव छ । मधुमेहमा ५० प्रतिशत बिरामीमा कुनै लक्षण देखिदैन । त्यसैले स्क्रिनिङ गरेमा मात्र पनि हामीले धेरै रोग पत्ता लगाउन सक्छौं ।’—डा. रौनियारले भन्नुभयो—‘बिरामीको जटिलटता नियन्त्रण गर्नुपर्छ । करिब ७ देखि ८ प्रतिशतसम्मका जनसंख्यालाई थायराइड हुने गरेको पाइन्छ । हाइपोथायराइडले जिउ दुख्ने, गल्ने, थकाइ लाग्नसक्छ । तर धेरैले वास्ता गरिरहेका हुँदैनन् । सुगर र प्रेसर धेरै पुरुषहरुमा पाइन्छ । थायराइड करिब ९० प्रतिशत महिलाहरुमा हुने गरेको पाइन्छ ।’

हर्मोनप्रति धेरैमा ज्ञान छैन । थायराइड, पोलिसिस्टिक ओभरियन सिन्ड्रोम (अनुहारमा रौं पलाउने, महिनावारी गडवड हुने, शरीर मोटाउँदै जाने, पाठेघरमा स—साना पानीका फोका) को समस्या हुन्छ । यो युवा महिलाहरुमा देखिने गर्छ, मुख सुन्निने, बच्चाहरुमा उचाइ नबढ्ने, धेरैको उचाइ बढ्नेलगायतका ग्रोथ हर्मोन, महिलाहरुमा करिब ५० प्रतिशत निःसन्तानको समस्या हर्मोनको समस्याले गर्दा हुनेगर्छ ।
क्याल्सियम, पाराथायराइड हर्मोन, हड्डी खिइने हर्मोनका कारण हुने गर्छ । युरिक एसिडको समस्या आदि हर्मोनअन्तर्गत नै डा. रौनियारको भनाइ छ ।