Logo
|
Friday 19th April 2024
Logo

epaper

ह्याम्सका अध्यक्ष आर.एस. भण्डारीलाई युरोपियन युनिभर्सिटीबाट प्रोफेस्नल डक्टरल उपाधि

ग्लोबल लिडरसिप एण्ड म्यानेज्मेन्टमा उत्कृष्ठ योगदान पुर्याएको उल्लेख



ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी

जनस्वास्थ्य सरोकार, काठमाडौं । विशिष्ट योगदान पुर्याएबापत ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी युरोपको प्रतिष्ठित युरोपियन इन्टरनेशनल युनिभर्सिटीबाट ग्लोबल लिडरसिप एण्ड म्यानेज्मेन्टमा प्रोफेस्नल डक्टरल उपाधिका लागि नेपालबाट छनौट हुनुभएको छ ।

आगामी २९ जनवरी २०२२ मा थाइल्यान्डको बैंककमा आयोजना हुने दीक्षान्त समारोहमा ‘ग्लोबल लिडरसिप एण्ड म्यानेज्मेन्ट’ वापत् भण्डारीलाई प्रोफेस्नल डक्टरल उपाधि प्रदान गरिदैछ ।

ग्लोबल लिडरसिप एण्ड म्यानेज्मेन्टमा नेपालमा स्वास्थ्य क्षेत्रमार्फत मानवीय सेवाको क्षेत्रमा उत्कृष्ठ योगदान पुर्याएकाले भण्डारी सो उपाधिका लागि छनौट हुनुभएको उल्लेख छ । यो उपाधि हरेक वर्ष विभिन्न देशका उत्कृष्ठ योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिन्छ ।

दीक्षान्त समारोहपछि उहाँको नाम इन्टरनेशनल्ली रजिष्ट्रेसन हुनेछ र उपाधि पाएपछि भण्डारीले नामको अगाडि डाक्टर लेख्न पाउनुहुनेछ ।

भण्डारीलाई पठाएको पत्रमा भनिएको छ—‘यो विशेष मान्यता र विशेषाधिकार अन्तर्राष्ट्रिय नक्सामा तपाईंले ग्लोबल लिडरसिप एण्ड म्यानेज्मेन्ट अन्तर्गत समाजिक क्षेत्रमा पुर्याएको योगदान, आफ्नो संगठनबाट कठिन अवस्थामा देखाएको सक्रियता, समर्पण प्रतिवद्धता र इमान्दारिताको उपज हो । हाम्रो अनुसन्धान टोली र ग्लोबल प्रोमोटर, युरोपियन इन्टरनेशनल युनिभर्सिटीका एसोसिएट बिजनेस पार्टनर डा. अजय देसाईलगायतका अनुसन्धान टोलीले ‘प्रोफेस्नल डक्टरल सर्टिफिकेट इन ग्लोबल लिडरसिप एण्ड म्यानेज्मेन्ट’ का लागि तपाईंको नाम सिफारिस गर्नुभएको हो ।’

युरोपियन इन्टरनेशनल युनिभर्सिटीले आर. एस. भण्डारीलाई पठाएको पत्र

स्वास्थ्य क्षेत्रमार्फत मानवीय सेवाभाव अनुरुप मुलुकको सामाजिक, आर्थिक र समन्वयमा राम्रो गरेको दृष्टिकोणबाट गरिएको मूल्यांकनका आधारमा भण्डारी छनौटमा पर्नुभएको जनाइएको छ । कोरोनाकालमा निजी क्षेत्रबाट कोभिडको बिरामीको सफल उपचार गरेको ह्याम्स पहिलो निजी हस्पिटल हो । भण्डारी दुई दशकदेखि स्वास्थ्य सामाग्री आपूर्ति गर्ने ओम सर्जिकल प्रा.लि. र भण्डारी सर्जिकल हाउसका सञ्चालक हुनुहुन्छ ।

यस अघि नेपालबाट सन् २०२१ मा सिंगापुर विभ्रेजेज नेपाल प्रा.लि.का फाउन्डर एण्ड म्यानेजिङ डाइरेक्टर डा. आशिष शर्मा, मोहित एग्रो इन्डस्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक डा. सुबोधकुमार गुप्ता र सन् २०२० मा तत्कालीन उद्योग बाणिज्य महासंघकी अध्यक्ष डा.भवानी राणाले सो उपाधि प्राप्त गर्नुभएको थियो ।

युरोपियन इन्टरनेशनल युनिभर्सिटी जसको मुख्य कलेज फ्रान्सको प्यारिसमा छ ।

प्रतिक्रिया दिनुहोस्