Logo
|
Friday 31st January 2025
Logo

epaper

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले दिए आवेदन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १६ जना आवेदन दिएका छन्।

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्री विरोध खतिवडा संयोजक रहेको समितिले एक साताको समय दिँदै आवेदन माग गरेको थियो। निर्धारित समयभित्र १६ जनाले आवेदन दिएका हुन्।


आवेदन दिनेमा निवर्तमान उपकुलपति प्रा डा संगीता भण्डारी, स्वास्थ्य सेवा विभागका पूर्व निर्देशक डा विकास लामिछाने, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाका निर्देशक डा पवनजंग रायमाझी, मनिपाल अस्पतालका प्राध्यापक डा प्रदीप घिमिरे शर्माले आवेदन दिनुभएको छ ।


त्यसैगरी, मोडल अस्पताल पोखराका डा. भुमेश्वर आचार्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा डा राजेन्द्रराज वाग्ले, राप्ती प्रादेशिक अस्पताल डा जितनारायण यादव, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रेक्टर डा विश्वनाथ यादव, गंगालाल हृदयरोग केन्द्रका मुटु रोग विशेषज्ञ डा रामेश कोइराला, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का प्रा डा रेवतीरमण मल्ल पनि उपकुलपति पदका लागि आवेदन दिनुभएको छ ।

मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष प्रा डा नारायण विक्रम थापा, डा प्रवीण श्रेष्ठ, भरतपुर क्यान्सर अस्पतालका डा लक्ष्मीनारायण सिंह, नारायणीका पूर्व मेसु डा सन्जयकुमार ठाकुर, डा ऋषिकेशनारायण श्रेष्ठ, डा प्रमोद रेग्मीले पनि राप्तीको उपकुलपतिका लागि आवेदन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्