Logo
|
Friday 26th April 2024
Logo

epaper

काठमाडौं मेडिकल कलेजका बिद्यार्थीहरु रिले अनसनमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिनामंगलस्थित नेपाल मेडिकल कलेजका बिद्यार्थीहरुले आजदेखि रिले अनसन सुरु गरेका छन् । कानुन विपरीत अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले आजदेखि रिले अनसन सुरु गरेका हुन ।

आज बिहान १० बजेदेखि उनीहरु काठमाडौं मेडिकल कलेज परिसरमा रिले अनसन सहित धर्ना बसेका छन् । उनीहरुले बोकेको प्लेकार्डमा ‘आयोगको नियम कार्यन्वयन गर, कलेज प्रशासन होसियार, अतिरिक्त शुल्क खारेज गर, दादागिरी बन्द गर, मेडिकल माफिया मुर्दाबाद’ लेखिएको छ ।

काठमाडौं मेडिकल कलेजले आयोगको ऐन विपरित भर्ना फारम, केयू रजिष्ट्रेशन, केयु सम्बन्धन, केयु परीक्षा शुल्क, इन्टर्नसिप शुल्क गरी ४ लाख ६७ हजार ५७९ रुपैयाँ अतिरिक्त शुल्क मागेको छ।

प्रतिक्रिया दिनुहोस्