देशभर ५४० जनामा कोभिड संक्रमण, एकजनाको मृत्यु

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४० जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ९९ वटा नमुनाको परीक्षण गर्दा ५४० वटाको नतिजा पोजिटिभ आएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।
त्यस्तै आज २७१ जना संक्रमणमुक्त भएका छन् योसँगै नेपालमा कोभिडका सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।