Logo
|
Thursday 18th April 2024
Logo

epaper

जनस्वास्थ्य संघको अध्यक्षमा वसन्त अधिकारी, महासचिवमा सागर दाहाल निर्वाचित



जनस्वास्थ्य सरोकार , काठमाडौंँ । नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै अधिकारी निर्वाचित हुनुभएको हो । अधिकारीले ५९२ मत प्राप्त गर्नुभयो भने श्रेष्ठले ५६५ मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्षमा विमला भट्ट ७२७ मत ल्याएर निर्वाचित हुनुभएको छ । यस्तै, महासचिवमा सागर दाहाल ४६४ मत ल्याएर विजयी हुनुभएको छ । कोषाध्यक्षमा चेतराज पण्डित, सचिवमा रोशन लामा, र सह—कोषाध्यक्षमा उमादेवी थापा विजयी हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सुदिप चिलवाल, अन्जना खड्का, प्रतीक खनाल, विन्जुवाला श्रेष्ठ, विजेश बस्नेत, दयाकृष्ण पन्त, रामानन्द पण्डित, अम्बिका बाँनिया र रणधीर यादव विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्