Logo
|
Friday 26th April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा भोलिदेखि १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई खोप दिइने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा भोलिदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरूद्ध खोप दिन लागेको हो। 

१८ वर्ष मुनिका भन्नाले १७ वर्ष ११ महिना २९ दिन मुनिका हुनुपर्ने मन्त्रालयले जनाएको छ।  बालबालिकाहरूलाई फाइजर र मोडर्नाको खोप दिन लागेको हो।

काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानीय तहमा भने यो अभियान केही दिन अघिदेखि नै सुरू भइसकेको जनाएको छ। 

त्यसैले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ।


Image

प्रतिक्रिया दिनुहोस्