Logo
|
Saturday 20th April 2024
Logo

epaper

सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य पेश गर्नुपर्ने गृह मन्त्रालयको निर्देशन

सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन नपाइने



नस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको छ ।


कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा गृहमन्त्रालयले गरेको स्वीकृतिमा सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्नुपर्ने छ । सार्वजनिक स्थानमा खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ७ गतेदेखि लागू गर्ने व्यवस्थाका लागि सबै डिसिएमसी ले आवश्यक व्यवस्था गर्ने छ ।


यसैगरी सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुनेगरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम गर्न पाइने छैन । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजन नर्ग नगराउन गृहले निर्देशन दिएको छ ।

जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ समेत गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्