Logo
|
Saturday 20th April 2024
Logo

epaper

ॐ हस्पिटल र नबिल बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नबिल बैंक लिमिटेडबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

नबिल बैंकको प्रधान कार्यालयमा बिहीबार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक, कर्मचारी तथा परिवारलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सो सम्झौता भएको हो ।

सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारले ॐ हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउनुहुनेछ । बैंकका ग्राहकले सो छुट बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सेवाको बिल भुक्तानी गर्न सक्नुहुनेछ ।

त्यसैगरी, नबिल बैंकले हस्पिटलका चिकित्साकर्मी तथा कर्मचारीहरुका लागि आफ्नो बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराउने छ।

प्रतिक्रिया दिनुहोस्