Logo
|
Tuesday 16th April 2024
Logo

epaper

शुक्रबार ५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टीजेन परीक्षण गरि जम्मा २० हजार ५६० नमुना परीक्षण गर्दा उक्त संख्यामा सख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार ४७४ नमुना पिसिआर परिक्षण गर्दा ४२ सय ४ जना र ७ हजार ८६ नमुना एन्टीजेन परीक्षण गर्दा ८८३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । यस अवधिमा संक्रमणको कारण ३ जनाको निधन भएको छ भने ३०६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । जसमध्ये १७ हजार २९१ होम आइसोलेसनमा र ९४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । सस्थागत आइसोलेसनमा रहेकामध्ये १११ जना आइसियूमा र २५ जना भेन्टिलेटरमा उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्