Logo
|
Friday 26th April 2024
Logo

epaper

नेशनल बाथरोग सेन्टरमा निःशुल्क बाथरोग पहिचान र परामर्श सेवा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । माघ महिनामा बाथरोग जागरण अभियानअन्तर्गत यस वर्ष माघ २ देखि ७ गतेसम्म निःशुल्क स्वास्थ्य परीक्षण शुरु भएकोे छ ।

बाथरोग निवारणको लागि बद्री तिर्थ आरथ्राइटिस सोसाइटी र नेशनल बाथरोग सेन्टरको संयुक्त अभियानमा ‘‘समयमा नै परीक्षण गरौं, जार्नीहरु बचायौं’’ भन्ने मूल नाराकासाथ विगत आठ वर्षदेखि यो अभियान सञ्चालन हुँदै आएको छ । यस केन्द्रले निःशुल्क स्वास्थ्य परीक्षण, फोटा प्रर्दशनी तथा जनचेतनासम्बन्धि विभिन्न ¥याली गर्दै बाथरोगबारे जानकारी दिँदै आएको छ ।

बाथरोग जागरण अभियानमा यस वर्ष सेन्टरले २ हजार ५ सय मूल्य बराबरको बाथरोग पहिचान र परामर्श सेवामा छुट दिने घोषणा गरेको छ । यससँगै अभियानमार्फत बाथरोग एक अटोइम्युन रोग हो । यसकासाथै यो एक किसिमको दिर्घ रोग हो । जोर्नी दुख्ने, सुन्निने यसका लक्षण हुन् भन्ने जानकारी दिन सफल भएको बाथरोग सेन्टरका निर्देशक डा. रोशन कक्षपतिले जानकारी दिनुभयो ।

यस अभियानमार्फत सामान्य जोर्नी दुखाईहरु डरलाग्दा बाथरोग पनि हुन सक्छ भन्ने सत्यतथ्यलाई आम नेपालीमाझ लान सकिएको उहाँले बताउनुभयो । यसैगरि यस अभियानको अवसरमा बद्री तिर्थ आरथ्राईटिस सोसाइटी र नेपाल ज्येष्ठ प्राध्यापक सोसाइटीको सहकार्यमा अध्ययन तथा अनुसन्धानको क्षेत्रमा योगदान पु¥याएकोमा तिर्थनन्द बैध मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड प्रा.डा. जमल देवी मानन्धर श्रेष्ठलाई प्रदान गरिएको छ ।

नेशनल बाथ सेन्टरले नेपालको ६ जिल्लाबाट ग्रसित जनसंख्याको ५ प्रतिशतलाई सेवा दिन सफल भएको जनाएको छ । यसैगरि ८० देखि ८५ प्रतिशत जनसंख्या उपचारको पहुँचबाहिर रहेकाले यस निःशुल्क स्वस्थ्य परीक्षणबाट पिडित व्यक्तिहरु लाभाम्वित हुनसक्ने सेन्टरले विश्वास लिएको छ ।

सन् २०१२ देखि नेशनल नेशनल बाथरोग सेन्टरले सुन्धरामा ब्यानरसहित ¥याली गरेर नेपालमा पहिलो पटक बाथरोग दिवस मनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्