एकैदिन भारतमा २ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि
जनस्वास्थ्य सरोकार, एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५८ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा १ लाख ५१ हजार ७४० जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३८५ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ जना रहेको छ ।
भारतमा हालसम्म ३ करोड ५२ लाख ३७ हजार ४६१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यसैगरि यहाँ महामारी सुरु भएयता संक्रमणको कारणले ४ लाख ८६ हजार ४३१ जनाको निधन भएको छ । महामारी नियन्त्रणमा अह्म भुमिका निर्वाह गर्ने कोरोनाविरुद्धको खोप हालसम्म १ अरब ५७ करोड २० लाख ४१ हजार ८२५ डोज लगाइएको छ । भारतमा पुष्टि भएका कुल संक्रमितमध्ये ८ हजार २०९ जना ओमिक्रोन संक्रमित रहेका छन् ।