कोरोनाविरुद्धको खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कारवाही हुने
जनस्वास्थ्य सराकोर, काठमाडौँ । कोरोनाविरुद्ध खोपको अवैध रुपमा बेचबिखन भइरहेका खबरहरु सार्वजनिक भएपछि सरकारले त्यस्तो थाहा भएमा प्रहरी, प्रशासन र स्वास्थ्य कार्यलयहरुमा खबर गर्न आग्रह गरेको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै बजारमा कसैले कोभिड–१९ विरुद्धको खोप बेचबिखन भइरहेको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यलय, पालिका वा स्वास्थ्य कार्यलयमा खबर गर्न भनिएको छ ।
अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कारवाही हुने केन्द्रले जनाएको छ । साथै, बजारमा बेचबिखन भइरहेका खोपहरु नक्कली हुन सक्नेमा सजग र सर्तक रहन पनि सुचनामा उल्लेख छ ।