Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपाल मेडिकल काउन्सिलको स्थगित विशेष परीक्षा माघ २१ र २२ गते हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कोभिड–१९को कारण स्थगित गरेको स्नातकोत्तर तहको विशेष परीक्षा (विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा) आगामी २१ र २२ माघमा गर्ने भएको छ ।

कोरोनाको बढ्दो संक्रमण र आफ्ना पदाधिकारी तथा कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको भन्दै काउन्सिलले गत १४ र १५ माघ का लागि तय गरेको परीक्षा ३० पुसमा सूचना जारी गर्दै स्थगित भएको बताएको थियो ।

काउन्सिलका अनुसार परीक्षामा सहभागीता जनाउन चाहनेले आगामी ७ माघ शुक्रबारसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सक्ने छन् । यसअघि आवेदन भरिसकेकाहरुले भने पुन फारम भर्न नपर्ने स्पष्ट पारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्