Logo
|
Friday 17th May 2024
Logo

epaper

१० वर्षमा विदेशिने महिला ७१ प्रतिशतले बढे



जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु विदेशमा बसोवास गरिरहेको देखाएको छ ।

परिवारमा अनुपस्थित रहेर धेरैजसो समय विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ छ । जुन विदेशमा बस्ने नेपालीको कुल संख्याको ८१.२८ प्रतिशत हो । विदेशमा बस्ने महिलाको संख्या ४ लाख ६ हजार १०३ (१८.७२ प्रतिशत) छ । २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

दश वर्षअघि २०६८ सालमा विदेशमा बसोवास गर्नेहरूको संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४ हजार ०२९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए ।

भौगोलिक क्षेत्रअनुसार तराईबाट १० लाख ६५ हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ जनसंख्या विदेशमा छन् ।

प्रतिक्रिया दिनुहोस्