Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

कोरोना ग्राफः बुधबार कोरोना संक्रमित घटे, ८ हजार ४५४ जनामा संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मंगलबार बढेको कोरोना संक्रमितको संख्या बुधबार केही घटेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । देशभर जम्मा नमुना २० हजार ३५९ परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । मंगलबार १२ हजार ८ जनामा संक्रमण पुष्टि भएकोमा सो संख्या घटेर ८ हजार ४५४ मा झरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज १३ हजार ५४९ पिसिआर परीक्षण गर्दा ५ हजार ५७१ जनामा र ६ हजार ८१० एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जनामा कोभिढ–१९ पुष्टि भएको हो । यस अवधिमा ४ हजार ४३३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ५ जनाको निधन भएको छ । यस अवधिमा देशभर २ लाख ५६ हजार ४५६ जनाले कोपिभडविरुद्धको खोप लगाएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ हजार छ ।

प्रतिक्रिया दिनुहोस्