Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

भारतमा थप २ लाख ८६ हजार ३८४ जनामा संक्रमण पुष्टि, ५७३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ३ लाख ६ हजार जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ५७३ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ लाख २ हजार जना छ ।

भारतमा हालसम्म ४ करोड ३ लाख ७१ हजार ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ करोड ७६ लाख ६५ हजार ९८० जना संक्रमणमुक्त भएका छन् । यहाँ महामारी सुरु भएयता संक्रमणको चपेटामा परेर करिब ४ लाख ९१ हजार ७०१ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्