Logo
|
Friday 19th April 2024
Logo

epaper

२ लाख ६० हजार बढीले लगाए बुस्टर डोज, पूर्ण मात्रा खोप लगाउने कति ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्म २ लाख ६० हजार बढीले कोरोना विरुद्धको अतिरिक्तमात्रा खोप लगाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई लाख २ लाख ६४ हजार ८९१ जनाले अतिरिक्तमात्रा खोप लगाएका हुन् ।

सरकारले दुवै मात्रा खोप लगाएकामध्ये ६० वर्ष पूरा गरेका र फ्रन्टलाइनरहरुलाई अतिरिक्त मात्रा खोप दिइरहेको छ ।

नेपालमा खोप अभियान सुरु भएको करिब एक वर्ष पुग्न लाग्दा दुई करोड ९९ लाख २१ हजार २३ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म १ करोड ६४ लाख १२ हजार ५५५ जनाले कोरोनाविरुद्धको एक मात्रा खोप लगाएका छन् । यस्तै, १ करोड ३२ लाख ४३ हजार ५७७ जनाले पुर्ण मात्रा खोप लगाइसकेका छन् ।

नेपालमा १८ वर्षमाथिका ८२.४ प्रतिशतले कम्तीमा एकमात्रा खोप लगाएका छन् भने ६६.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्