Logo
|
Saturday 11th May 2024
Logo

epaper

भारतमा थप २ लाख ५१ हजार ६२७ जनामा कोभिड–१९ संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजार ६२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ३ लाख ४ हजार जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ६२७ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ लाख ५ हजार जना रहेको छ ।

भारतमा महामारी सुरु भएयता करिब ४ करोड ६ लाख जनसंख्यालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यस महामारीको चपेटामा परेर ४ लाख ९२ हजार ३२४ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्