Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपालमा ६ हजार ८२७ संक्रमित थपिए, ५ हजार ४३२ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन भने १० जना संक्रमितको निधन भएको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ भने ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएका छन ।

मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन । कोरोनाका बिरामीमध्ये २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्