Logo
|
Monday 24th February 2025
Logo

epaper

किट किनेर कोभिड परीक्षण गर्ने व्यक्तिहरुलाई रिपोर्ट उपलब्ध गराउन सरकारद्वारा आग्रह



जनस्वस्थ्य सरोकार, काठमाडौँ । आफैंले किट किनेर कोभिड–१९ परीक्षण गर्नेहरुलाई पोजिटिभ रिपोर्ट आएमा उक्त विषयको जानकारी सरकारलाई गराउन आग्रह गरिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिने रिपोर्टबारे जानकारी दिन आग्रह गरेको हो।

प्रयोगशाला बाहिर गरीएका परीक्षणको नतिजाको जानकारी प्राप्त नभएको र जसले गर्दा महामारी व्यवस्थापनका लागि संक्रमितको एकिन तथ्यांक प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ।

महाशाखाले सरकारले उपलब्ध गराएको इमेल [email protected] तथा कल सेन्टरको निःशुल्क नम्बर १११५ मा एसएमएस गर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्