Logo
|
Thursday 2nd May 2024
Logo

epaper

थप ३ हजार ५४० जनामा कोभिड–१९ संक्रमण, ३२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा १३ हजार १४५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ९१० पिसिआर परीक्षण गर्दा ३ हजार ४९ र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जनामा कोभिड–१९ पुष्टि भएको छ ।

यस अवधिमा ६ हजार ३५९ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको छ । हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्