Logo
|
Tuesday 16th April 2024
Logo

epaper

भारतमा लगातार घट्दै कोभिड–१९ संक्रमण



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ९ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ६१ हजार जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ९५६ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ लाख २५ हजार जना रहेको छ ।

भारतमा लगातार कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ । शनिबार २ लाख ३४ हजार र शुक्रबार २ लाख ३५ हजारमा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म भारतमा ४ करोड १३ लाख जनसंख्यनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी ३ करोड ८९ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । यहाँ महामारी सुरु भएयता संक्रमणको कारणले करिब ४ लाख ९५ हजारको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्