Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना संक्रमित घट्दै, निको हुने बढ्दै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७२२ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १हजार ३६१, भक्तपुरमा ९० र ललितपुरमा २७१ संंक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४७ हजार ४०७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३२०१७, ललितपुरमा ९९०७ र भक्तपुरमा ५४८३ सक्रिय संक्रमित रहेका छन् ।


त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १९१ जना कोरोना संक्रमणमुक्त भएका छन भने ८ जना संक्रमितको निधन भएको छ ।मन्त्रालयका अनुसार हाल देशभर ७९ हजार २७२ सक्रिय संक्रमित छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्