Logo
|
Thursday 25th April 2024
Logo

epaper

भारतमा कोरोनाः संक्रमण घट्दा मृत्युदरमा वृद्धि



जनस्वास्थ्य सराकोर, नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी आइरहेको भएतापनि मृत्युदरमा भने वृद्धि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा कोभिड संक्रमणको कारण १ हजार १९२ जनाको निधन भएको छ । यसैगरी आइतबार ९५६ जनाको निधन भएको थियो ।

बितेको २४ घण्टामा २ लाख ५४ हजारभन्दा बढी व्यक्तिहरु कोभिड–१९ संक्रमणमुक्त भएका छन् । त्यसैगरी हाल देशभर सक्रिय संक्रमितको संख्या १७ लाख ४३ हजार रहेको छ ।

यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार भन्दा बढी पुगेको छ। हालसम्म यहाँ ४ करोड १४ लाख जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्