Logo
|
Thursday 2nd May 2024
Logo

epaper

थप ५ हजार ५८३ जनामा संक्रमण, ९ जनाको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर जम्मा १७ हजार ६७४ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ७७६ पिसिआर नमुना परीक्षण गर्दा ३ हजार ६५७ जनामा र ६ हजार ८९८ एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोभिड–१९ पुष्टि भएको हो ।

यस अवधिमा देशभर ८ हजार २६७ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ९ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ जना रहेको छ ।

सक्रिय संक्रमितमध्ये ७३ हजार १७८ जना होम आइसोलेसनमा र १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २७९ जना आइसियूमा र ५० जना भेन्टिलेटरमा उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्